सेयर बजारमा आज पनि सुधार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ८६ अङ्कले बढेर दुई हजार छ सय ८५ दशमलव ७३ को विन्दुमा कायम भएको हो ।
आज तीन सय सात कम्पनीको एक करोड ५५ लाख २० हजार पाँच सय ५९ कित्ता शेयर ८२ हजार आठ सय ५० पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ७१ करोड ७८ लाख ४७ हजार बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा विकास बैंक एक दशमलव ३३, वित्त एक दशमलव ५६, लगानी एक दशमलव २२ र जीवन बिमा समूह एक दशमलव ४८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव शून्य नौ होटल तथा पर्यटन शून्य दशमलव ६३, जलविद्युत् शून्य दशमलव शून्य चार र उत्पादन तथा प्रशोधन शून्य दशमलव ३१ प्रतिशतले घटेको छ ।
त्यस्तै, लघुवित्त शून्य दशमलव ११, म्युचुअल फण्ड शून्य दशमलव शून्य नौ, निर्जीवन बिमा शून्य दशमलव शून्य तीन, व्यापार शून्य दशमलव ९१ र अन्य समूह शून्य दशमलव ४७ प्रतिशतले घटेको छ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र सुपर मादी हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सबैभन्दा बढी रु ३९ करोड ६० लाख २२ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा बढी सनराइज फोकस्ड इक्विटी फण्डको पाँच लाख १४ हजार एक सय कित्ता शेयर किनबेच भएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया