मलेखुमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
मलेखु । गल्छी गाउँपालिका–३, गुप्तेश्वरी मन्दिरमा पानीको ट्याङ्कर लिएर गएको ट्याक्टर गएराति दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार दुर्घटनामा गजुरी गाउँपालिका–६ का १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङको मृत्यु भएको हो ।
गजुरी गाउँपालिका–६ का १९ वर्षीय शिरिष चेपाङ र १७ वर्षीय सुरेश चेपाङलाई काठमाडौं पठाइएको छ ।
आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर गएको बागमती प्रदेश ०१–००४ क ३३५२ नम्बरको ट्याक्टर पछाडि हटाउने क्रममा दुर्घटना भएको हो । ट्याक्टरमा चार जना सवार थिए ।
प्रहरीले गजुरी गाउँपालिका–६ का ट्याक्टर चालक २३ वर्षीय दिनेश चेपाङलाई नियन्त्रणमा लिएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया