भारतले रोक्यो विस्फोटक सामग्री निर्यात
काठमाडौं । भारतले विस्फोटक सामग्रीको निार्यतमा रोक लगाएको छ । भारत सरकारअन्तर्गतको पेट्रोलियम तथा विस्फोटक सुरक्षा संगठनले गत बुधबार सम्बन्धित निकायहरूलाई पत्राचार गर्दै विस्फोटक सामग्रीको निर्यातमा रोक लगाउन भनेको हो ।
‘उद्योग संवद्र्धन तथा आन्तरिक व्यापार विभागको सचिवसँग अप्रिल १२ तारिखको छलफलपछि भएको निर्णयअनुसार सबै उत्पादक तथा निर्यातकर्ताहरूलाई क्लास २ एक्सप्लोसिभ अर्को निर्देशन जारी नभएसम्मका लागि निर्यात गर्न बन्देज लगाएको छ,’ पेट्रोलियम तथा विस्फोटक सुरक्षा संगठनले गरेको पत्राचारमा भनिएको छ ।
नेपालमा विस्फोटक सामग्री सडक, जलविद्युत् तथा सुरुङ निर्माणका आयोजनामा प्रयोग हुने गरेको छ । ठूला चट्टान तथा पहाड फोर्न विस्फोटक पदार्थ आयात हुँदै आएकामा त्यस्ता आयोजनाहरूको काम प्रभावित हुनसक्ने ठानिएको छ, आजको कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया