‘होली पर्वले पहाड र मधेसलाई एकताको सूत्रमा आबद्ध गर्न सहयोग पुग्ने छ’
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले होली पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
आज जारी गरेकाे शुभकामना सन्देशमा उनले भनेका छन्, “आपसी भाइचारा र सद्भावको रुपमा मनाइने हिन्दू धर्मावलम्बीहरूको महान् पर्व होलीको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोतर प्रगतिको कामना गर्दछौँ ।”
अध्यक्ष यादवले असत्यमाथि सत्य, हिंसामाथि सद्भाव र घृणामाथि प्रेमको विजयोत्सवको रुपमा मनाइने रङहरुको पर्व फागुपूर्णिमा हिमाल, पहाड र मधेसलाई एकताको सूत्रमा बाँधी आपसी भ्रातृत्व सद्भाव र सहिष्णुता कायम गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया