एक महिनामा आगलागीबाट ६ जनाको मृत्यु, ३८ परिवार विस्थापित
काठमाडौँ । गएको एक महिनामा देशका विभिन्न क्षेत्रमा लागेको आगलागीबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष, चार महिला र एक बालक रहेका छन् । ती आगलागीका घटनामा ३० पुरुष, २६ महिला, ६ बालक र तीन बालिका घाइते भएका छन् ।
एक महिनामा देशभर ५०१ आगलागीका घटना भएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए । आगलागीबाट ८७ घर र ५७ गोठमा क्षति भएको छ । आगलागीबाट १४६ पशुचौपाय मरेका छन् । घटनापछि ३८ परिवार विस्थापित भएका छन् । आगलागीबाट रु ४० करोड ४८ लाख बराबरको क्षति भएको छ । विभिन्न स्थानमा लागेको आगलागी नियन्त्रणका लागि तीन हजार ६१४ प्रहरी परिचालन गरिएको उनले जानकारी दिए।
सबैभन्दा बढी कोशी प्रदेशमा १३५ आगलागीका घट्ना भएका थिए । मधेस प्रदेशमा १०५, बाग्मती प्रदेशमा ४४, काठमाडौँ उपत्यकामा ४९, गण्डकी प्रदेशमा ३३, लुम्बिनीमा ६४, कर्णालीमा ३० र सुदूरपश्चिम प्रदेशमा ४१ आगलागीका घटना घटेका प्रवक्ता आचार्यले जानकारी दिए । वर्षा कम भएको र सुक्खा मौसमका कारण देशका ठाउँठाउँमा आगलागीका घटना भइरहेका छन् । अब आगलागीका घटना बढ्ने भएकाले सचेत हुन गृहमन्त्रालयले सबैमा अनुरोध गरेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया