प्रतिस्पर्धी उम्मेदवारको परिचयपत्र नष्ट गरिदिएपछि परीक्षा रद्द, दुई वर्षसम्म परीक्षा दिन नपाउने
काठमाडौं । प्रदेश लोकसेवा आयोग, लुम्बिनीले एक उम्मेदवारको परीक्षा रद्द गरेको छ । आयोगले प्रेस विज्ञप्ति जारी गर्दै सोबारे जानकारी दिएको हो ।
आयोगले खुला तथा समावेशीमा प्रदेश निजामती सेवाअन्तर्गत नेपाल वन सेवा जनरल फरेष्ट्री समूह, वन रक्षक पदमा अपांग समूहका अन्तरवार्तामा सम्मेलित सल्यान जिल्लाका कुमाख गाउँपालिका–३ घर भएका राजेन्द्र रावतको परीक्षा रद्द गरेको हो ।
उनले अन्तरवार्ताका लागि छनौट भएका अपांग समूहका प्रतिस्पर्धीको अन्तरवार्ता वञ्चित गर्ने उदेश्यले वदनियतपूर्वक अपांग परिचयपत्र नष्ट गरिदिएको प्रहरीबाट जानकारी खुलेपश्चात आयोगले उनलाई पदबाट रद्द गरी दुई वर्षसम्म परीक्षामा सामेल नगराउने निर्णय गरेको छ ।
आयोगले प्रदेश लोकसेवा आयोग ऐन, २०७६ र प्रदेश लोक सेवा नियमावली २०७६ बमोजिम परीक्षा रद्द गरेको जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया