अमेरिका-चीन व्यापार युद्धको बाछिटा एसियाली सेयर बजारमा, लगानीकर्ता त्रस्त
काठमाडौं (एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीनमाथि थप कर (ट्यारिफ) लगाउने घोषणाले एसियाली शेयर बजारमा भूकम्प गएको छ।
जापानको निक्केई २२५ सूचकांकमा साढे तीन प्रतिशतको भारी गिरावट आएको छ भने हङकङ, दक्षिण कोरिया, अस्ट्रेलिया र भारतका बजार पनि खुल्नासाथ राताम्मे भएका छन् ।
अमेरिकी सरकारले मे महिनादेखि चीनबाट आउने सस्तो सामानका साना पार्सलमा समेत उच्च कर लगाउने तयारी गरेको छ। यसले अनलाइन सपिङ प्लेटफर्म शीन र टेमुजस्ता चिनियाँ कम्पनीहरूलाई ठूलो धक्का लाग्ने देखिन्छ।
चीनले अमेरिकी कदमको कडा प्रतिवाद गरेको छ। तर अन्य एसियाली मुलुकहरू भने फरक रणनीति अपनाइरहेका छन्। दक्षिण कोरियाले तत्काल जवाफी कदम नचाल्ने बताएको छ । बरु उसले आफ्नो अटोमोबाइल उद्योगलाई जोगाउन दुई अर्ब डलरको आपतकालीन योजना अघि सारेको छ ।
उता, अमेरिकामा सबैभन्दा बढी लगानी गर्ने जापानले भने ह्वाइटहाउससँग सिधा वार्ता गर्ने अवसर पाएको छ । हालैको एक कार्यक्रममा ट्रम्पले आफू जापानसँग् छलफलका लागि तयार रहेको बताएका थिए।
विश्लेषकहरूका अनुसार अमेरिका र चीनबीचको यो बढ्दो तनावले विश्व अर्थतन्त्रमा गम्भीर असर पार्न सक्छ।
यही भयका कारण लगानीकर्ताहरू यतिखेर ‘पर्ख र हेर’को मनस्थितिमा देखिन्छिन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया