मकवानपुरमा यात्रुवाहक बस दुर्घटना, १६ घाइते
बागमती । पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६, सुनाचुरीस्थित सडकखण्डमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् ।
लु२ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना हुँदा बसमा सवार १६ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।
घाइतेहरूको उद्धार गरी उपचारका लागि चितवन अस्पतालतर्फ पठाइएको उक्त कार्यालयका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।
बस चालक बाराको कोल्बी नगरपालिका–११ निवासी २९ वर्षीय राकेश चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच, कुलेखानी–भीमफेदी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४, निबुवाटारमा गुडिरहेको कारमा आगलागी भएको छ ।
काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको जीज १२ डीए ९६१८ नम्बरको भारतीय कारमा आगलागी भएको हो । आगलागीबाट कार पूर्ण रूपमा जले पनि मानवीय क्षति भने भएको छैन ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया