अमेरिकाले ग-यो एमसिसी परियोजना बन्द गर्ने निर्णय
काठमाडौं । अमेरिकाले अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बन्द गर्ने निर्णय गरेको छ ।
एलन मस्कको नेतृत्वमा रहेको अमेरिकी सरकारी दक्षता विभाग (डज) ले एमसिसी परियोजना बन्द गर्ने निर्णय गरेको हो । यद्यपि, अमेरिकी सरकारले अहिलेसम्म यो निर्णय सार्वजनिक गरेको छैन । यसअघि डोनाल्ड ट्रम्प दोस्रो पटक ह्वाइटहाउस फर्किए लगत्तै पनि एमसिसी परियोजना स्थगन गर्ने निर्णय भएको थियो ।
डच विभागले एमसिसी परियोजना बन्द हुने व्यवहोराको पत्र सम्पूर्ण कर्मचारीहरूलाई पठाएको सिएनएनले आफ्नो समाचारमा उल्लेख गरेको छ । पत्रमा एमसिसीका कार्यक्रमहरू र कर्मचारीहरू भारी मात्रामा कटौती हुने जनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
डजले आगामी साता एमसीसी सञ्चालक समिति बैठकमा यो प्रस्ताव पेस गर्ने तयारी गरेको छ । समितिमा अमेरिकी विदेश मन्त्री, अर्थमन्त्री, अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियर, कार्यवाहक सिइओ र चार सदस्य छन् ।
अमेरिकी विदेश मन्त्रालयबाट सञ्चालित यो परियोजना न्यून आय भएका विश्वका विभिन्न २० मुलुकमा सञ्चालन भइरहेका तथा सम्झौता गरेर कार्यान्वयनमा लैजान लागिएका छन् । एमसिए नेपालमार्फत हाम्रोमा पनि सडक र विद्युुत् प्रसारण लाइन परियोजना अघि बढाइएको छ । डजको निर्णय कार्यान्वयनमा गएमा एमसिसी अनुदानबाट नेपालमा सञ्चालित यी सबै परियोजना अलपत्र पर्नेछन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया