टर्कीमा शान्ति प्रयास : के वार्तामा पुटिन सहभागी होलान् ?
काठमाडौं । बिहीबार टर्कीको इस्तानबुलमा युक्रेन र रूसबीच शान्ति वार्ता हुने प्रस्ताव गरिएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई वार्तामा सहभागी हुन आग्रह गरेका छन् ।
तर रूसको राष्ट्रपति कार्यालयले वार्तामा सामेल हुने व्यक्तिबारे सार्वजनिक गरेको सूचीमा पुटिनको नाम उल्लेख छैन।
क्रेमलिनको विज्ञप्ति अनुसार, रूसी प्रतिनिधिमण्डलको नेतृत्व पुटिनका नजिकका सहयोगी भ्लादिमिर मेडिन्स्कीले गर्नेछन्।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसअघि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले वार्तामा भाग लिने इच्छा राखेको खण्डमा आफू उनीसँग संवाद गर्न तयार रहेको बताएका थिए । उनले यस्तो वातावरण निर्माण गर्न हरसम्भव प्रयास गर्ने पनि बताएका थिए ।
सञ्चार माध्यमका रिपोर्ट अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि यस बैठकमा सहभागी हुने छैनन्। त्यसो त, ट्रम्पले यसअघि नै पुटिन सामेल भए मात्र आफू सहभागी हुने संकेत गरिसकेका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया