इरानमा अत्यन्त सफलतापूर्वक आक्रमण गरेको ट्रम्पको दाबी
वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सफलतापूर्वक आक्रमण गरेको दाबी गरेका छन्।
आणविक केन्द्रमा आक्रमणपछि ट्रपले सामाजिक सञ्जालमार्फत् यस्तो दाबी गरेका हुन्। अमेरिकाले तीन आणविक केन्द्रमा बम प्रहार गरेको उनको दाबी छ। उनले फोरडोअ, नातान्ज र इसफाहानमा आक्रमण भएको उल्लेख गरेका हुन्।
इरानमा बमबारी सकेर विमान अमेरिका फर्किएको भन्दै उनले सामाजिक सञ्जालमार्फत् सेनालाई बधाई दिएका छन्।
ट्रम्पले भने, ‘अत्यन्त सफल सैन्य आक्रमण’ ह्वाइट हाउसमा मैले रातिको १० बजे इरानमा भएको हाम्रो सफल सैन्य कारबाहीमा केन्द्रित हुँदै सम्बोधन गर्ने छु । यो संयुक्त राज्य अमेरिका, इजरायल र संसारकै लागि ऐतिहासिक क्षण हो । इरान यो लडाइँ अन्त्य गर्ने कुरामा सहमत हुनुपर्छ । धन्यवाद ।’
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया