यस वर्षको सुदर्शन देवकोटा स्मृति पाँचौँ राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार ढुङ्गेललाई
काठमाडाैं । यस वर्षको सुदर्शन देवकोटा स्मृति पाँचौँ राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२
गोरखापत्र दैनिकमा कार्यरत सरोज ढुङ्गेललाई प्रदान गरिएको छ । पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी, सुदर्शन देवकोटा फाउण्डेशनकी डाक्टर सुधा देवकोटालगायतले ढुङ्गेललाई ३३ हजार ३३३ राशीको नगदसहित सम्मान गरे । स्वर्गीय सुदर्शन देवकोटाको १८औँ पुण्यतिथिको अवसरमा पारेर आयोजित पुरस्कार हस्तान्तरण गरिएको हो ।
सारदा सुदर्शन देवकोटा फाउण्डेशनले पाँच वर्षदेखि स्वास्थ्य पत्रकार मञ्चको सहकार्यमा उक्त पुरस्कार प्रदान गर्दै आइरहेको छ । पुरस्कार वितरण कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री तथा नेकपा (एमाले) का नेता पदम गिरीले स्वास्थ्य पत्रकारिताको ठूलो भेग रहेको भन्दै स्वास्थ्य पत्रकारहरुले आफ्नो विषयमा पोख्त भएर कलम चलाउनुपर्ने बताए ।
स्वर्गीय पत्रकार देवकोटाकी छोरी तथा फाउण्डेशनकी अध्यक्ष डा.शुधा देवकोटाले आफ्नो बुबाले पत्रकारितामा व्यतित गरेको स्मरण गर्दै पत्रकारितालाई थप जिम्मेवार र प्रभावकारी बनाउन यस पुरस्कार स्थापना गरेको बताइन्। उनले पत्रकारहरूले सत्यतथ्य छुट्याएर जिम्मेवार भएर तथा विस्तृत अध्ययन गरेर समाचार लेख्न आवश्यक रहेको बताउदै अझै कैयौ विषयमा राज्यलाई घच्घच्याउनुपर्नेमा जोड दिइन्।
कार्यक्रममा उपस्थित वरिष्ठ पत्रकार उमेश चौहानले स्व देवकोटाको योगदानको स्मरण गर्दै पत्रकारहरूले दुर्गम क्षेत्रका स्वास्थ्यकर्मीको अवस्था उजागर गर्नु जरुरी रहेको बताए । उनले पछिल्लो समय पत्रकारका लागि विभिन्न सामाजिक सञ्जालहरू चुनौतिका रूपमा आइरहेको तर अन्ततोगत्व मूलधारमा रहनेहरूले नै सही रूपमा पत्रकारिता गर्न सक्ने बताए। मन्चका पुर्व अध्यक्ष राम प्रसाद न्यौपानेले यस प्रकारको पुरस्कारले स्वास्थ्य पत्रकारितामा थप प्रेरित गरेको र यस्तो समन्वयले स्वास्थ्य पत्रकारिताको विकासमा टेवा पुर्याउने बताए ।
पुरस्कृत ढुङ्गेलले स्वास्थ्य पत्रकारितामार्फत समाजलाई स्वस्थ बनाउने अभियानमा लाग्न पुरस्कारले थप हौसला प्रदान गरेको बताए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया