प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बिहान ११:०० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ ।आजको बैठकमा बजेटसँग सम्बन्धित विधेयकहरूलाई पारित गर्ने सम्भावित कार्यसूची छ ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने ‘ आर्थिक विधेयक, २०८२’,‘ राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ लाई पारित गर्ने कार्यसूची रहेको छ ।
यस्तै, ‘ नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२’ समेत पारित गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले जानकारी दिए । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणका बारेमा सदनलाई जानकारी गराउने सम्भावित कार्यक्रम छ ।
संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आजै स्पेन भ्रमणमा जाँदै छन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया