पर्वतको नेपानेमा जीप दुर्घटना, एकको मृत्यु, दुईजना घाइते

पर्वत– पर्वतको फलेवास नगरपालिका– ८ नेपानेमा गएराति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा दुईजना घाइते भएका छन् ।
लमाएखोलाबाट फलामखानीतर्फ जाँदै गरेको ग१ज ६९७ नम्बरको जीप पल्टिँदा फलेवास– ८ ठानामौलाका ३९ वर्षीय डोलबहादुर क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका क्षेत्रीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा फलेवास– ७ का ३४ वर्षीय विक्रम सुनार र वडा नम्बर ८ ठानामौलाका ३३ वर्षीय सुरज सुनार घाइते भएका छन् । घाइते दुवै जनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको बताइएको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए । जिप सडकबाट झण्डै एक सय ५० मिटर तल खसेको थियो ।
ताजा अपडेट
-
काँग्रेसले तय गर्यो केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा
-
नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न चीनमा रहेका नेपालीलाई मन्त्री खड्काको आग्रह
-
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश
-
पूर्व राष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोकेको छैन : माओवादी
-
विपदबाट हुने जोखिम बढी भएको स्थानमा रातिको समयमा गाडी चलाउन नपाइने
प्रतिक्रिया