‘निर्धारित समयमा कांग्रेसको महाधिवेशन हुनुपर्छ’
चितवन । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशन २०८३ को मङ्सिरभित्र हुनुपर्ने बताएका छन् ।
उनले महाधिवेशन समयमा नै गर्न पार्टी पदाधिकारीमा देखिनुपर्ने तदारुकता अझै नदेखिएको बताउँदै त्यसबाट महाधिवेशनको मिति सर्ने हो कि भन्ने चिन्ता कार्यकर्तामा छाएको बताए ।
अहिले महामन्त्री गगनकुमार थापा र आफू एकै ठाउँमा रहेको र महाधिवेशनमा पार्टी सभापतिसहित सबैलाई एकताबद्ध गराएर अघि बढ्न आफू सक्षम रहेको उनको भनाई छ ।
फरक प्रसङ्गमा उनले संसद्को गतिरोध अन्त्यका लागि सरकार र विपक्षी दलहरु छलफलमा बस्न जरुरी रहेको बताए । उनले भने, “विपक्षीलाई पनि साथ लिएर समझदारीमा अगाडि बढ्नुपर्छ ।
माओवादीलाई साथ लिन सक्नुभयो भने रास्वपा र राप्रपालाई पनि साथ लिनुपर्छ ।” रास्वपा र राप्रपाले गृहमन्त्रीको राजिनामाभन्दा पनि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा कमिटी बनोस् भन्ने चाहेको आफ्नो बुझाइ रहेको बताए ।
ताजा अपडेट
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट
-
डोनाल्ड ट्रम्पले भारतसहित ६० व्यापारिक साझेदार मुलुकमाथि लगाए नयाँ ट्यारिफ
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै


प्रतिक्रिया