पूर्व राष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोकेको छैन : माओवादी
काठमाडौँ। नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले देशको सबैभन्दा माथिको पदमा रही सकेको व्यक्तिलाई राजनीतिमा आउन संविधानले नरोकेको बताएका छन् ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले व्यक्तिको चाहनालाई नकार्न नसकिने बताएका हुन् । उनलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा फर्कने घोषणा गरेको बारे प्रश्न सोधिएको थियो ।
प्रमुख सचेतक पाण्डेले सम्माननीय पदमा पुगिसकेको देशको सबैभन्दा माथि रही सकेको व्यक्ति भए पनि आफ्नो चाहनालाई नकार्न नसकिने बताए । संविधानले राजनीति गर्न हुँदैन भनेर नरोकेको उनको तर्क थियो ।
उनले भने, ‘सम्माननीय पदमा पुगिसकेको देशको सबैभन्दा माथि रही सक्नुभएको व्यक्तिको आफ्नो चाहना हो, संविधानले कतै रोकेको जस्तो लाग्दैन । उहाँको आफ्नै निर्णय हो ।’
भण्डारी एमालेको राजनीतिमा सक्रिय भई हाल्दैमा वाम एकता भइहाल्छ भन्ने आफूलाई नलागेको उनले बताए ।
‘कम्युनिष्टहरुका बीचमा एकता हुनुपर्छ । सबै बलियो हुनुपर्छ । एकताबद्ध हुनुपर्छ भन्ने सैद्धान्तिक कुरा त छँदै छ,’ उनले भने, ‘हिजो एउटा कार्यक्रममा पूर्वराष्ट्रपतिले जसरी विषयवस्तु राख्नुभएको छ त्यसले वाम एकता भइहाल्छ भन्ने कुरा मलाई लागिरहेको छैन ।’
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया