काँग्रेसले तय गर्यो केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा
काठमाडौँ। नेपाली काँग्रेसले सोमबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकका लागि एजेन्डा तय गरेको छ ।
आइतबार पार्टी सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले यी एजेन्डा तय गरेको हो ।
प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकमा गठबन्धन सरकारको कामकारबाही, भ्रातृ संस्थाहरूको अवस्था र पार्टीको सक्रिय सदस्यता वितरणलगायतका विषयमा छलफल हुनेछ।
केन्द्र र प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले आ–आफ्नो क्षेत्रको कामकारबाहीबारे केन्द्रीय कार्यसमितिलाई जानकारी गराउनेछन् ।
गठबन्धन सरकारको प्रभावकारिता र भावी रणनीतिबारे पनि छलफल हुने प्रवक्ता महतले बताए । तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरूको तदर्थ समितिको म्याद थप गर्ने वा नगर्ने विषयमा निर्णय लिइनेछ। महामन्त्रीले पार्टीको सक्रिय सदस्यता वितरणको प्रगतिबारे जानकारी गराउनेछन् ।
प्रवक्ता महतका अनुसार यो बैठकले नेपाली काँग्रेसको आगामी रणनीति र संगठन सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ । गठबन्धन सरकारको कार्य प्रगति र भ्रातृ संस्थाहरूको व्यवस्थापनले पार्टीको आन्तरिक एकता र बाह्य प्रभावकारितालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । बैठक सोमबारदेखि सुरु भई केही दिनसम्म चल्ने अपेक्षा गरिएको छ ।
ताजा अपडेट
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
-
बाँदर आतङ्कको समाधान खोज्दै सरकार, कार्यदलले माग्यो राय सुझाव


प्रतिक्रिया