पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवमा जोशी
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिव पदको जिम्मेवारी कार्यकारी निर्देशक सुवासचन्द्र जोशीलाई दिएका छन् ।
कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका मन्त्री पाण्डेले मन्त्रिस्तरीय निर्णय गरी कार्यकारी निर्देशक जोशीलाई निमित्त सदस्य सचिवको जिम्मेवारी दिएको उनको सचिवालयले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही असार ७ गते विद्युतीय शवदाहगृह यन्त्र खरिद प्रकरणमा सदस्य सचिव डा. मिलनकुमार थापालगायतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतमा मुद्दा दायर भएपछि स्वतः पदबाट निलम्बन हुने कानुनी व्यवस्था अनुसार सदस्य सचिव पद रिक्त भएको हो ।
नवनियुक्त निमित्त सदस्य सचिव जोशीको पदावधि आगामी भदौ १८ गतेसम्म रहेको कोषले जनाएको छ । करिब दुई महिना मात्र उनको निमित्त सदस्य सचिवको कार्यकाल हुनेछ ।
ताजा अपडेट
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट
-
डोनाल्ड ट्रम्पले भारतसहित ६० व्यापारिक साझेदार मुलुकमाथि लगाए नयाँ ट्यारिफ
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
-
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, पेपर लिकविरुद्ध कडा कानुन ल्याउने मोदीको घोषणा


प्रतिक्रिया