NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ। राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान १० बजे बस्नेछ।

बैठकमा नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सांसदहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक बिहान ९ बजे सुरु हुनेछ । बैठकमा भन्सार विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ । संघीय सचिवालयले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष