सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
काठमाडौँ – नेकपा माओवादी केन्द्रले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडा र समितिका सचिवको राजीनामा मागेको छ।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग बोल्दै सांसद माधव सापकोटाले निजामती विधेयकमा कुलिङ पिरियडमाथि भएको किर्तेमा खतिवडा र सचिवले राजीनामा दिनुपर्ने बताए।
उनले भने, ‘यदि उहाँको संलग्नता छैन भने नैतिक रूपले उहाँले आफूले हस्ताक्षर गरेको भन्दा विपरीत कहाँबाट त्यो आयो त रु नैतिक रूपमा समिति सभापति र सचिवले राजीनामा दिनुपर्छ र उच्चस्तरीय या संसदीय छानबिन समिति बनाएर संलग्नहरूलाई कारबाही गर्नुपर्छ, नत्र संसद्को सर्वोच्चता कायम रहँदैन ।’
सापकोटाले सभापतिको राजीनामा र छानबिन समिति बन्ने अवस्था नभएसम्म समिति बैठक चल्न नसक्ने बताए ।
ताजा अपडेट
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट
-
डोनाल्ड ट्रम्पले भारतसहित ६० व्यापारिक साझेदार मुलुकमाथि लगाए नयाँ ट्यारिफ
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
-
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, पेपर लिकविरुद्ध कडा कानुन ल्याउने मोदीको घोषणा


प्रतिक्रिया