NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १७ गते

सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र

काठमाडौँ – नेकपा माओवादी केन्द्रले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडा र समितिका सचिवको राजीनामा मागेको छ।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसँग बोल्दै सांसद माधव सापकोटाले निजामती विधेयकमा कुलिङ पिरियडमाथि भएको किर्तेमा खतिवडा र सचिवले राजीनामा दिनुपर्ने बताए।

उनले भने, ‘यदि उहाँको संलग्नता छैन भने नैतिक रूपले उहाँले आफूले हस्ताक्षर गरेको भन्दा विपरीत कहाँबाट त्यो आयो त रु नैतिक रूपमा समिति सभापति र सचिवले राजीनामा दिनुपर्छ र उच्चस्तरीय या संसदीय छानबिन समिति बनाएर संलग्नहरूलाई कारबाही गर्नुपर्छ, नत्र संसद्को सर्वोच्चता कायम रहँदैन ।’

सापकोटाले सभापतिको राजीनामा र छानबिन समिति बन्ने अवस्था नभएसम्म समिति बैठक चल्न नसक्ने बताए ।