कानूनसहित पाँचवटा समितिको बैठक बस्दै
काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ । आज कानून, न्याय तथा मानवअधिकार समिति, अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, पूर्वाधार विकास समिति र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो ।
महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो २ बजे बस्नेछ भने बाँकी समितिका बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छन् ।
कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद (दोस्रो संशोधन) विधेयक, २०८१ को सम्बन्धमा संशोधन प्रस्तावकर्ता सांसद सदस्यसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, अर्थ समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदनको मस्यौदामाथि आन्तरिक छलफल हुनेछ ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल पर्यटन बोर्डको हालसम्मको अवस्था, कार्यप्रगति र चुनौती तथा आगामी कार्ययोजनाबारे सम्बन्धित मन्त्रालय र बोर्डसँग छलफल गर्ने तयारी छ ।
पूर्वाधार विकास समिति बैठकमा मध्यपहाडी राजमार्गको जाजरकोट खण्ड र भेरी नदीको पुलका विषयमा छलफल हुनेछ ।
यस्तै, महिला तथा सामाजिक मामिला समितिको बैठकमा समितिको कामकारवाही सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
ताजा अपडेट
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट
-
डोनाल्ड ट्रम्पले भारतसहित ६० व्यापारिक साझेदार मुलुकमाथि लगाए नयाँ ट्यारिफ
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै


प्रतिक्रिया