राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि छलफल, दर्जनभन्दा बढी मन्त्रीले जवाफ दिँदै
काठमाडौँ । संघीय संसदको राष्ट्रिय सभाको अठारौँ अधिवेशनअन्तर्गत बुधबारको बैठकमा विनियोजन विधेयक, २०८२ माथि विस्तृत छलफल शुरु भएको छ । विभिन्न मन्त्रालयका शीर्षकहरूमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिँदैछन् ।
बैठकमा सहरी विकास, सञ्चार तथा सूचना प्रविधि, कृषि तथा पशुपन्छी विकास, रक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, अर्थ, श्रम रोजगार तथा सामाजिक सुरक्षा, शिक्षा विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद मन्त्रालयलगायत राष्ट्रपति र उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयसम्बन्धी बजेट शीर्षकमाथि छलफल भईरहेको छ । सम्बन्धित मन्त्रीहरूले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदैछन् ।
ताजा अपडेट
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
-
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, पेपर लिकविरुद्ध कडा कानुन ल्याउने मोदीको घोषणा
-
अनलाइन सट्टेबाजी र अवैधानिक कारोबार गर्ने दुई लाखभन्दा बढी वेबसाइट तथा एप बन्द
-
तीन महिनामा देशभरबाट सात हजार फरार प्रतिवादी पक्राउ
-
मनसुनी प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना


प्रतिक्रिया