भन्सार विधेयक राष्ट्रिय सभाबाट पारित
काठमाडौँ । भन्सार विधेयक २०८० राष्ट्रियसभाबाट पारित भएको छ ।
आजको बैठकमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । त्यो प्रस्ताव सर्वसहमतिले पारित भएको हो ।
प्रस्ताव पेश गर्दै अर्थमन्त्री पौडेलले नयाँ कानून कार्यान्वयनपछि भन्सार चुहावट नियन्त्रण, प्रविधिको प्रयोग बढाउने, भन्सार जाँचपास छिटोछरितो र प्रभावकारी ढंगले काम गर्न सकिने विश्वास व्यक्त गरे ।
भन्सार जाँचपास प्रक्रियालाई थप प्रविधिमैत्री र सहज बनाउन तथा नेपाल पक्ष राष्ट्र रहेको क्योटो महासन्धि अनुकूल हुने गरी भन्सार ऐन संशोधन आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो ।
राष्ट्रिय सभाको अर्को बैठक पर्सि बिहीबार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया