मलेशियाले नेपाललाई दियो ९१ रनको लक्ष्य
काठमाडौँ । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा घरेलु टोली मलेशियाले नेपाललाई ९१ रनको सामान्य लक्ष्य दिएको छ । क्वालालम्पुरमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेशिया ४३ ओभर १ बलमा ९० रनमा अलआउट भयो । मलेशियाका मुहम्मद फतुल मुइनले सबैभन्दा धेरै ३८ रन बनाए । नेपालका अभय यादवले ४, शुभम् खनालले ३ विकेट लिए ।
यस्तै प्रतियोगिताको दोस्रो सेमिफाइनलमा अहिले सिङ्गापुर र हङकङ खेलिरहेका छन् । नेपाल समूह ‘ए’ मा सबै खेल जितेर सेमिफइनलमा पुगेको हो । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेट, दोस्रो खेलमा जापानलाई ९ विकेट र तेस्रो खेलमा इन्डोनेसियालाई ३ सय ७० रनले हराएको थियो । यो समूहबाट सिङ्गापुर दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो । यस्तै समूह ‘बी’ बाट हङकङ शीर्ष स्थान र मलेशिया दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेका हुन् । १६ वर्षमुनिको इस्ट जोन कपको फाइनल खेल पर्सि शनिवार हुनेछ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया