बागमती प्रदेशसभा : बजेटमा छलफल हुँदै
बागमती । बागमती प्रदेशसभाको बैठकमा आज आगामी आर्थिक वर्षको बजेटमा छलफल प्रारम्भ हुने कार्यसूची छ ।
प्रदेशसभा सचिव रामकुमार पौडेलका अनुसार बजेटमाथिको छलफल र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको जवाफपछि खर्च कटौतीको प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ ।
बजेटलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच विवाद हुँदा यसअघि निर्धारण भएका दुईवटा बैठक सूचना टाँसेर स्थगन भएका थिए । आजको बैठक बिना व्यवधान सञ्चालन गर्ने प्रयास भइरहेको सभामुख भुवनकुमार पाठकले बताए।
ताजा अपडेट
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
-
२६ दिनपछि सोनम वाङचुकले तोडे अनशन, पेपर लिकविरुद्ध कडा कानुन ल्याउने मोदीको घोषणा
-
अनलाइन सट्टेबाजी र अवैधानिक कारोबार गर्ने दुई लाखभन्दा बढी वेबसाइट तथा एप बन्द
-
तीन महिनामा देशभरबाट सात हजार फरार प्रतिवादी पक्राउ
-
मनसुनी प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना


प्रतिक्रिया