रसुवा बाढी : तीन प्रहरीसहित १५ जना बेपत्ता, नौं जनाको उद्धार
रसुवा । भोटेकोशी नदीमा आएको बाढीले बगाउँदा रसुवामा कम्तीमा १५ जना बेपत्ता भएका छन् । आज बिहान भोटेकोशी नदीमा एक्कासी ठूलो बाढी आउँदा रसुवागढी भन्सार क्षेत्र टिमुरेमा ठूलो क्षति भएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिएका छन् । उनले बाढीमा परी कम्तीमा १५ जना बेपत्ता भएको बताए ।
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार बेपत्ता हुनेमा तीन जना प्रहरी, ६ जना नेपाली कामदार चार जना चिनिया मजदुर र दुई जना चालक रहेका छन् । रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका नौं जनाको उद्धार भएको उनले बताए ।
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल पनि बगाएको छ । त्यहाँ सयौं इभी गाडी पनि बगाएको अनुमान गरिएको छ । स्याफुरुबेसी जोड्ने सडक सँगै जलविद्युत आयोजनाको संरचनामा पनि क्षति पु¥याइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले त्रिशुली नदीको उपल्लो भाग नुवाकोट र रसुवातर्फ अति भारी वर्षा भएका कारण त्रिशुली नदी किनारका दुवैतर्फ पानीको बहाव बढ्न सक्ने भएकाले त्रिशुली नदी किनारका क्षेत्रमा आवश्यक सतर्कता र सावधानी अपनाउन अनुरोध गरेका छन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया