प्रचण्डद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले सरकारलाई तत्काल उद्धार र राहत कार्यमा जुट्न आग्रह गर्दै आफ्ना पार्टीका नेता–कार्यकर्ताहरूलाई पनि त्यस कार्यमा सक्रियतापूर्वक सहभागी हुन निर्देशन दिएका छन्।
मंगलबार बिहान भोटेकोशीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुललगायत महत्त्वपूर्ण संरचनामा पुगेको गम्भीर क्षतिप्रति अध्यक्ष प्रचण्डले दुःख व्यक्त गरेका हुन्। सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, बाढीले भएको क्षतिप्रति म गहिरो दुःख व्यक्त गर्दछु।
उनले प्राकृतिक विपद्को यो विषम परिस्थितिमा सरकारले उद्धार र राहत कार्यका लागि सबै संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्न जोडदार माग गरेका छन्। साथै, अध्यक्ष प्रचण्डले आफ्नो पार्टीका सबै तहका नेता–कार्यकर्ताहरूलाई पनि उद्धार र राहत कार्यमा सक्रियतापूर्वक सहभागी हुन निर्देशन दिएका छन्।
मौसमविद्हरूले यो वर्ष औसतभन्दा बढी वर्षा हुने चेतावनी दिइरहेको सन्दर्भ उल्लेख गर्दै प्रचण्डले सरकारलाई उच्च सतर्कता अपनाउन र विपद् जोखिम न्यूनीकरणका लागि ठोस कदम चाल्न पनि सुझाएका छन्।
उनले यो संकटको घडीमा सम्पूर्ण सरकारी निकाय, राजनीतिक दल, संघ संस्था र नागरिकहरूलाई एकजुट भएर कार्य गर्न अपिल गरेका छन्।
ताजा अपडेट
-
अनलाइन सट्टेबाजी र अवैधानिक कारोबार गर्ने दुई लाखभन्दा बढी वेबसाइट तथा एप बन्द
-
तीन महिनामा देशभरबाट सात हजार फरार प्रतिवादी पक्राउ
-
मनसुनी प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
-
नेपालमा अब भारू २०० र ५०० का नोट चल्ने
-
वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध


प्रतिक्रिया