नेपाल र कुवेतले टी-२० र ओडीआई सिरिज पालैपालो आयोजना गर्ने
काठमाडौँ । नेपाल र कुवेतबिच महिला तथा पुरुष क्रिकेटमा सहकार्य गर्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) र कुवेत क्रिकेट बोर्डबीच पुरुष तथा महिला क्रिकेट टिमका लागि वार्षिक दुईपक्षीय श्रृंखला सञ्चालन गर्ने सहमति भएको हो ।
सहमतिअनुसार सन् २०२६ देखि प्रत्येक वर्ष महिला र पुरुषतर्फ कम्तीमा तीन टि-२० अन्तर्राष्ट्रिय खेल र अतिरिक्त ५० ओभरका खेलहरू दुवै देशमा पालैपालो आयोजना गर्नेछन् ।
यो सहकार्यले सहकार्यले अन्तर्राष्ट्रिय एक्सपोजर बढाउने र यस क्षेत्रमा एसोसिएट राष्ट्रहरूबीच प्रतिस्पर्धी क्रिकेटलाई बढावा दिने विश्वास छ ।
आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया-प्यासिफिक क्षेत्र छनोटमा नेपाल र कुवेत एउटै समूहमा छन् ।
ओमनमा आगामी अक्टोबरमा हुने उक्त छनोटमा नेपालसहित ९ टोलीले सहभागिता जनाउनेछन् । उक्त छनोटबाट शीर्ष ३ मा पर्ने टोलीले सन् २०२६ मा हुने टी-२० विश्वकपमा स्थान पक्का गर्नेछ ।
Tags :
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया