महिला फुटबल टोलीकी कप्तान ‘साम्बा’ लाई मर्स्याङ्दी गाउँपालिकाको सम्मान
काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ लाई लमजुङको मर्स्याङ्दी गाउँपालिकाले सम्मान गरेको छ । गाउँपालिकाले बिहीबार एक कार्यक्रम गर्दै साम्बालाई सम्मान गरेको हो ।
गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष जुनामाया थापा र प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईंले फूलमाला, दोसल्लासहित सम्मान पत्रले सम्मान गरेका हुन । साम्बाले गाउँपालिका अध्यक्षलाई आफूले लगाउने जर्सी उपहार दिएकी थिइन् ।
साम्बालाई मर्स्याङ्दी गाउँपालिका युवा तथा खेलकुद विकास समिति, अमर माध्यमिक विद्यालयले पनि सम्मान गरेका थिए ।
मर्स्याङ्दी गाउँपालिका ९, सिम्पानी पामचोकमा जन्मिएकी साम्बासँग भारतदेखि युरोपका विभिन्न लिग खेलेको अनुभव छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया