यू-२० महिला एसियन कप छनोट : नेपाल साउदी अरेबियासँग भिड्दै
काठमाडौँ । भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले आज साउदी अरेबियासँग खेल्दैछ ।
खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा दिउँसो पौने २ बजे सुरु हुनेछ । यसअघि साँझको समयमा खेलेको नेपालले आज दिउँसो खेल्नेछ ।
नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १/१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । साउदी अरेबियाले भने उत्तर कोरियासँग १५/० को फराकिलो हार बेहोरेको थियो ।
पहिलो खेलमा बराबरी खेलेपछि नेपाली टोली समूह विजेता बन्ने सम्भावनामा धक्का लागेको छ । बलियो टोली उत्तर कोरियासँग नेपालले खेल्न बाँकी छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया