NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

मतदातालाई श्रवण मुकारुङका टिप्स्

काठमाडाैं । कवि श्रवण मुकारुङले भोट हाल्दा विचार पुर्‍याउन सर्वसाधारणलाई आग्रह गरेका छन । उनले आज सामाजिक सञ्जालमार्फत १० अवगुण भएका उम्मेदवारलाई भोट नदिन सबैलाई आग्रह गरेका छन् ।

उनको नजरमा १० अवगुण यस्ता छन् :

१.जुवातास, क्यारम बोर्ड ,लुडो खेल्ने ।
२.नाचगानमा बढी रमाउने ।
३.डोजर,ट्रक भएका ।
४.ठेक्कापट्टाको लायसेन्स भएका ।
५.जग्गा दलाल ,मेनपावर कम्पनीका पृष्ठभूमि भएका ।
६.माथिल्लो नेताकामा धेरै धाउने ।
७.भाषणमा इतिहास , थेगो , उखान तुक्का र स्वर्गीय नेताहरूको नाम धेरै लिने ।
८.आवश्यकभन्दा धेरै विपक्षीलाई गाली गर्ने ।
९. समावेशिता,धर्म निरपेक्षता,आरक्षण र संघियता मन नपराउने ।
१०.कला,साहित्य ,संस्कृतिको हकमा चाहि राष्ट्रगान बज्दा पनि गाउनु त परै जावोस्,ओठ चलाएको अभिनयसम्म नगर्ने ।