उत्तर कोरियासँग ११० ले पारिजात भएसँगै एसिया कपको दौडबाट बाहिरियो नेपाल
काठमाडौँ । अन्तिम खेलमा उत्तर कोरियासँग ११-० गोलअन्तरले पराजित हुँदा नेपाल एएफसी यू-२० महिला एसियन कपमा छनोट हुन असफल भएको छ ।
भुटानमा जारी छनोटमा नेपाललाई ११-० को गोलअन्तरले हराउँदै उत्तर कोरिया एसिया कपमा छनोट भएको हो ।
समूह ‘ए’ बाट ९ अंक जोड्दै उत्तर कोरिया एसिया कपमा पुगेको हो ।
पहिलो हाफमा ५ गोल गरेको उत्तर कोरियाले दोस्रो हाफमा थप ६ गोल गर्यो । खेलको तेस्रो मिनेटमा नै उत्तर कोरियाले पहिलो गोल गरेको थियो । त्यसपछि १२औँ मिनेटमा दोस्रो, २४औँ मिनेटमा तेस्रो, ३७औँ मिनेटमा चौथो र ४१औँ मिनेटमा पाचौं गोल गर्यो । दोस्रो हाफमा ४८औँ, ५३औँ, ८८औँ, इन्जुरी समयको पहिलो, छैटौँ र अन्तिम मिनेटमा गोल गर्न सफल रह्यो ।
नेपालले पहिलो खेल भुटानसँग १(१ को बराबरी खेल्दा साउदी अरेबियालाई १-० ले पराजित गरेको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया