महानगरद्वारा रवीन्द्र र खोखो टोली नगदसहित सम्मानित
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भारतमा हालै सम्पन्न म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाट र भारतमै गतवर्ष सम्पन्न खोखो विश्वकपमा उपविजेता बनेको नेपालको पुरुष र महिला टोलीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
महानगरले रवीन्द्रलाई दुई लाख र खोओ विश्वकप पुरुष र महिला टोलीलाई ११र११ लाख रुपियाँ पुरस्कारसहित सम्मान गरेको हो । खोखोको रकम व्यवस्थापन नेपाल खोखो संघले नै गर्ने बताइएको छ ।
रवीन्द्र र खोखो टोलीलाई महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत र सामाजिक विकास समितिका संयोजकलगायतले सम्मान गरे ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया