साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै
काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।
भुटानको थिम्पुमा आज (बुधबार) देखि सुरु हुने प्रतियोगितामा नेपाल सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।
यही भदौ १५ गतेसम्म चल्ने प्रतियोगितामा आयोगजक भुटानसहित, नेपाल, भारत र बंगलादेश सहभागी छन् ।
सबै टोलीले एकअर्कासँग दुई–दुई खेल खेलेपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । नेपालले सन् २०२२ मा यो प्रतियोगिता जितेको थियो।
नेपालले अन्य खेलमा भदौ १३ गते भारतसँग, ६ र १५ गते भुटानसँग तथा भदौ ८ र ११ गते बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताका लागि नेपाली टोली सोमबार नै भुटान पुगेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया