साफ यु-१७ महिला च्याम्पियनसिपमा बंगलादेशसँग खेल्दै नेपाल
काठमाडौँ । भुटानमा जारी साफ यु-१७ महिला च्याम्पियनसिप नेपालले चौथो खेल आज बंगलादेशसँग खेल्दै छ।
खेल भुटानको थिम्पुमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ । यस अघि भएको खेलमा नेपाल बंगलादेशसँग ३-० गोलले पराजित भएको थियो ।
नेपालको तीन खेलमा तीन अंकसहित तेस्रो स्थानमा छ । समान खेलमा छ अंंकसहित बंगलादेश दोस्रो स्थानमा छ । भारत नौ अंकसहित शीर्ष स्थानमा छ ।
यसअघि आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली भुटानलाई हराएको थियो भने पहिलो खेलमा भारतसँग हारेको थियो । यो प्रतियोगितामा नेपाल, भुटान, भारत र बंगलादेश सहभागी छन् । नेपालले पर्सि शुक्रवार भारतसँग र आउँदो आइतवार भुटानसँग खेल्ने छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया