नेपालले साउथ अस्ट्रेलियालाई दियो १४७ रनको लक्ष्य
काठमाडौं । अष्ट्रेलिया टुरमा रहेको नेपाली टोलीले साउथ अष्ट्रेलियनलाई १४७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पहिलो अभ्यास खेलमा निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४६ रन बनाएको हो ।
नेपालका लागि सार्कीले सर्वाधिक ३२ रन बनाए । ओपनर आशिफ शेखले १३ बलमा २२ रन बनाए। दिपेन्द्र सिंह ऐरीले २६ र आरिफ शेखले २१ रन बनाए । सोमपाल कामी १८ र सन्दीप लामिछाने ५ रनमा अविजित रहे । अन्य ब्याटरले पनि दोहोरो अंकको रन बनाउन सकेनन् ।
साउथ अष्ट्रेलियाको लागि बलिङतर्फ टि ब्राउन र एच मानिन्ती ले समान २–२ विकेट लिए । एम सि फेडेन र मिनिजले १÷१ विकेट लिए । नेपालले यसअघि डार्विनमा टप एन्ड टी २० सिरिज खेलेको थियो ।
जसमा नेपालले १० टिमबीच भएको प्रतिष्पर्धामा दुई खेल जित्दै आठौं भएको थियो । नेपालले दोस्रो टी २० शुक्रबार खेल्नेछ । त्यस्तै नेपालले शनिबार साउथ अष्ट्रेलियासँग एक दिवसीय अभ्यास खेल खेल्नेछ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया