केजिएफ-२ हेर्न गएका युवकलाई हलभित्रै गोली प्रहार
काठमाडौं । कर्नाटकको हावेरीस्थित राजश्री सिनेमाहलमा एक २७ वर्षीय युवकलाई अज्ञात व्यक्तिले गोली प्रहार गरेका छन् । सिनेमा हलमा ‘केजीएफः च्याप्टर २’ चलिरहेको बेला घटना भएको बताइएको छ ।
फिल्म हाउस कर्नाटकका मुख्यमन्त्रीको गृह क्षेत्र हावेरी जिल्लाको शिगगाउँमा रहेको बताइएको छ ।
घाइतेलाई तत्कालै नजिकैको अस्पतालमा उपचारका लागि लगिएको र अहिले खतरामुक्त रहेको किम्स अस्पतालका अधिकारीले जानकारी दिएका छन् ।
स्थानीय प्रहरीका अनुसार घाइते मुगली गाउँका वसन्तकुमार आफ्ना साथीहरूसँग चलचित्र हेर्न आएका थिए । थिएटरमा बस्ने क्रममा सिटमा दुर्व्यवहार भएकाे भन्दै उनकाे एक २७ वर्षीय युवकसँग विवाद भएको थियो । वसन्तकुमारले आफ्नो खुट्टा अगाडि सिटमा राखेर अगाडिको पङ्क्तिमा बस्ने व्यक्तिलाई कदर नगरेको भन्दै विवाद भएको थियो ।
उनीहरुबीच विवादपछि अगाडिको सिटका व्यक्ति थिएटरबाट बाहिर निस्केर पेस्तोल लिएर फर्केका थिए र वसन्त कुमारलाई दुई राउन्ड फायर गरेकाे टाइम्स अफ इन्डियाले लेखेकाे छ । उनीहरू रातिकाे शाे हेर्न गएका थिए ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ । हलमा गोली चलेपछि दर्शकहरु भागाभाग गरेका थिए ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया