के लेखे वैशाख ९ मा प्रकाशित काठमाडौंका अखबारले ?
काठमाडौं । काठमाडौंबाट आज प्रकाशित सबैजसो दैनिक अखबारको मुख्य प्राथमिकतामा स्थानीय तह निर्वाचन परेको छ । यसबाहेक एसईई परीक्षा, विश्व स्वास्थ्य संगठनका महानिर्देशकको नेपाल आगमनलगायत विषयलाई पनि पत्रपत्रिकाले समेटेका छन् ।
कान्तिपुरले खाजा र औषधिबिनै चुनावमा सुरक्षाकर्मी खटिनुपर्ने बाध्यता आइलागेको लेखेको छ । समाचार अनुसार, साढे चार अर्ब खर्च गरेर हेलिकोप्टर खरिद गर्न लागेको सरकारले निर्वाचनमा दिनको पाँच सयका दरले एक सातासम्म पाउने भत्ता पनि कटौती गरिदिएको छ ।
देशभर एकसाथ हुन लागेको स्थानीय तह निर्वाचनमा सैनिक, प्रहरी, सशस्त्र र म्यादी गरी पौने ३ लाख सुरक्षाकर्मी खटिँदै छन् ।
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको खबरसँगै शरणार्थीका डाक्टर भम्पा राईलाई दमक नगरपालिकाले निवास उपलब्ध गराएको खबर पनि कान्तिपुरको पहिलो पृष्ठमा पढ्न सकिन्छ ।
नयाँ पत्रिका दैनिकले गैरमतदाताको हिसाब निकालेको छ । समाचार अनुसार, अढाइ लाख मतदाता सूचीमा समेटिएका छन् ।
स्थानीय तह र निर्वाचन आयोगको लापरबाहीले मृत्यु दर्ता भएकासहित करिब अढाइ लाख मतदाता सूचीमा समेटिएको र यसले मत दुरूपयोगको जोखिम बढाएको समाचारको सार छ ।
नयाँ पत्रिकाले यो गम्भीर कमजोरीमा जिम्मेवार निकायबारे पनि मन्थन गराएको छ ।
यसबाहेक कोरोनामा रोकिएका नेपाली विद्यार्थीलाई चीन लगिने भएको, सुरक्षा निकायलाई ढुवानी खर्चसमेत पर्याप्त नदिएको खबर पनि नयाँ पत्रिकाको पहिलो पृष्ठमा छन् ।
राजधानीले उम्मेदवार टुंगो लगाउन एमालेलाई सकस परेको लेखेको छ भने अन्नपूर्णमा उपेक्षित दलित महिला सदस्यमाथिको विशेष सामग्री छ ।


ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया