भारतीय महिला टोली पहिलो पटक बन्यो विश्व च्याम्पियन
काठमाडौँ । भारत आइसिसी महिला एक दिवसीय विश्वकप क्रिकेटको च्याम्पियन बनेको छ । गए राति नवी मुम्बईको डीवाई पाटिल स्टेडियममा साउथ अफ्रिकालाई पराजित गर्दै भारत पहिलो पटक च्याम्पियन बन्यो ।
फाइनलमा भारतले दिएको २९९ रनको लक्ष्य पछ्याएको साउथ अफ्रिका ४५.३ ओभरमा २४६ रन बनाएर अलआउट भयो । साउथ अफ्रिकाका लागि लौरा वोल्भार्ड्टले शतक प्रहार गरे पनि त्यो जितका लागि पर्याप्त भएन । उनले ९८ बलमा १०१ बनाएकी थिइन् ।
भारतकी दीप्ती शर्माले ५ विकेट लिइन् । त्यसअघि ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २९८ रन बनाएको थियो । शाफली बर्माले ८५, दीप्ती शर्माले ५८ र स्मृति मन्धनाले ४५ रन बनाएकी थिइन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया