ग्रामीण क्षेत्रमा जान दन्त चिकित्सकलाई प्रोत्साहन
काठमाडाैं । चितवनको सौराहामा सम्पन्न अर्थोडेन्टिक चिकित्सकहरूको राष्ट्रिय सम्मेलनले सहरी क्षेत्रमा मात्रै केन्द्रित नभएर ग्रामीण क्षेत्रमा समेत गएर सेवा गर्नका लागि दन्त चिकित्सकहरूलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।
पछिल्लो समय अर्थोडेन्टिक चिकित्सक सहर केन्द्रित हुने गरेको गुनासो आउन थालेपछि उनीहरूको राष्ट्रिय सम्मेलनले चिकित्सकलाई ग्रामीण क्षेत्रमा जान प्रेरित गर्नुपर्ने बताएका हुन् ।
अर्थोडेन्टिक एण्ड डेन्टोफेन्सियल अर्थोपोडिक एशोसिएशन अफ नेपालका अध्यक्ष डा दशरथ काफ्लेले ग्रामीण क्षेत्रमा दाँत, मुखको स्वास्थ्यसम्बन्धी बढी समस्या देखिएको कारण चिकित्सकले ग्रामीण क्षेत्रमा जानुपर्ने बताए ।
नेपालमै गुणस्तरीय सेवा प्रवाह गर्न नेपाली अर्थोडेन्टिकहरू सफल भएकाले उल्लेख गर्दै राष्ट्रिय सम्मेलनको संयोजक वसन्तकुमार श्रेष्ठले नेपाल सरकारले मुख स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम ल्याउनुपर्ने बताए ।
वैशाख ९ र १० गते भएको उक्त राष्ट्रिय सम्मेलनमा नेपालसहित भारत, बङ्गलादेशका विशेषज्ञ चिकित्सकको सहभागिता रहेको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया