लुम्बिनीले कर्णालीलाई दियो १५७ रनको लक्ष्य
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लुम्बिनी लायन्सले कर्णाली याक्सलाई १५७ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५६ रन बनायो । ४९ रनमा रहेका बेला रोहितलाई कर्णालीका कप्तान सोमपाल कामीले आउट गरेका थिए । रोहितले ४३ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गर्दै ४९ रन जोडे ।
त्यस्तै, रुबेन ट्रम्पलमेनले २९, जोनाथन स्मिथले २३ र डिआर्सी सोर्टले १९ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
कर्णालीका लागि नन्दन यादवले दुई, सोमपाल कामी, गुल्सन झा, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक/एक विकेट लिए।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया