राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ । संघीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे सिंहदरवारमा बस्नेछ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ । यसैगरी, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले सामाजिक सञ्जाल विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने छिन् ।
यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पर्यटन विधेयक, २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र पर्यटन विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यस्तैगरी, अध्यक्षले राष्ट्रिय सभाको पूर्वसदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

ताजा अपडेट
-
नुवाकोटका प्रदीप बने प्रोटोन कारका मालिक, म्याक्स टाइगरबाट २८ जनालाई बाइक र स्कुटर
-
किसानको बाली जोगाउन प्रहरी खेतमा
-
कोप-३१ को मध्यबिन्दुमा जलवायु प्रमुखको आग्रह: ‘सम्झौताका लागि सबै पक्ष लचिलो बन्नुपर्छ’
-
पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चाप, होटल भरिभराउ
-
एनपीएलमा आज विश्राम, भोलि पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

प्रतिक्रिया