रास्वपा सभापति लामिछाने र भारतीय प्रधानमन्त्री मोदीबीच नयाँदिल्लीमा भेटवार्ता
काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता गरेका छन् । बुधबार दिउँसो उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटमा दुई पक्षीय हितका विविध विषयमा कुराकानी भएको बताइएको छ । भेटपछि मोदीले लामिछानेसँग भेट गर्न पाउँदा अत्यन्त खुसी लागेको बताएका छन् । उनले साझा समृद्ध भविष्यका लागि सँगै नजिकबाट काम गर्ने लामिछानेको चाहनालाई आफूले स्वागत र पूर्ण रूपमा समर्थन गर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘हाम्रो ‘नेबरहुड फस्र्ट’ नीतिअन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो । नयाँ सरकारसँग सहकार्य गर्दै हाम्रो दुई देशबीचको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्याउन हामी उत्सुक छौँ।’
सोमबार भारत भ्रमणमा गएका लामिछानेलाई मंगलबार भाजपा कार्यालयमा भव्य स्वागत गरिएको थियो । मंगलबार नै भारतीय विदेशमन्त्री एस. जयशंकर र गृहमन्त्री अमित शाहसँग पनि लामिछानेले भेटवार्ता गरेका थिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया