प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले समितिका कामकारबाहीका सम्बन्धमा समन्वय एवं सहजीकरण गर्न सभापति ओजस्वी शेरचनको अध्यक्षतामा आठ सदस्यीय उपसमिति गठन गरेको छ ।
समितिको बुधबारको बैठकले समितिमा रहेका सबै राजनीतिक दलको प्रतिनिधित्व हुने गरी उपसमिति गठन गरेको हो ।
नवगठित उपसमितिमा सदस्यहरु पुकार बम, प्रभाव ढकाल, महावीर पुन, रिङ्गला यादव, रमेशकुमार मल्ल, राधिका रम्तेल, लेखजङ्ग थापा र सीता थपलिया छन् ।
बैठकले समितिको कामकारबाहीलाई गतिशील बनाउने उद्देश्यले कार्यक्षेत्रभित्रको विषय अध्ययन गरी प्रतिवेदन पेस गर्न पाँच वटा विषयगत उपसमिति पनि गठन गरेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छतासम्बन्धी उपसमितिमा सांसद कामनी कुमारी, चन्द्रमोहन यादव, तोसिमा कार्की, प्रभा ढकाल, रिङ्गला यादव र लेखजङ्ग थापा, शिक्षासम्बन्धी उपसमितिमा गणेश पौडेल, गुरुप्रसाद बराल, जगतप्रसाद जोशी, रमेशकुमार मल्ल र राधिका रम्तेल छन् ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी उपसमितिमा सांसद कुसुम महर्जन, झविलाल डुम्रे, पुकार बम, प्रमिलाकुमारी गच्छदार र महावीर पुन, सूचना तथा सञ्चारसम्बन्धी उपसमितिमा सांसदहरु खुसबु सरकार श्रेष्ठ, शम्भुकुमार यादव, रविन महतो, विष्णुबहादुर खड्का र हरिप्रसाद भुसाल तथा खेलकुदसम्बन्धी उपसमितिमा सांसद अच्युतम् लामिछाने, चन्दनकुमार सिंह, भीमकुमारी बुढामगर, राजन गौतम र सीता थपलिया सदस्य छन् ।
उपसमितिलाई प्रतिनिधिसभा नियमावली, २०८३ अनुसार विषयगत क्षेत्रमा अध्ययन गर्ने, सो सिलसिलामा सम्बन्धित निकायबाट विवरण माग गर्ने तथा ती निकायका पदाधिकारीलाई उपसमितिमा आमन्त्रण गरी छलफल गर्ने र समितिलाई भएका अधिकार प्रयोग गर्न सक्ने कार्यादेश दिइएको सभापति शेरचनले जानकारी दिइन् । उपसमितिको कार्यावधि ६ महिना छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया