NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २४ गते

रविले बोलाए सर्वदलीय बैठक

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन्।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न उनले सर्वदलीय बैठक आह्वान गरेका हुन्।

रास्वपा महासचिव कविन्द्र बुर्लाकोटीले सर्वदलीय बैठक सोमबार बिहान ९ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयअन्तर्गतको सार्वजनिक लेखासमितिको हलमा बस्ने जानकारी दिए।

बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट पार्टी अध्यक्ष÷सभापतिसहति दुई÷दुई जनालाई आमन्त्रण गरिएको छ।

सर्वदलीय बैठकको सूचनासहितको आमन्त्रणसहितको अनुरोध प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई पठाइसकिएको महामन्त्री बुर्लाकोटीले जानकारी दिए।

पछिल्लो केही समयदेखि निरन्तर जारी रहेको संसदको अवरोध खोलाउने पहलस्वरुप सभापति लामिछानेले सर्वदलीय बैठक बोलाएको बताइएको छ। प्रतिनिधिसभाको बैठक सोमबार बोलाइएको छ।

ताजा अपडेट

नेपालवाच विशेष