NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २९ गते

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक आज  बिहान ११ बजे बस्नेछ । आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनियोजन विधेयक २०८३ प्रस्तुत गर्नेछन् ।

यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण)विधेयक, २०८३ माथि प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तैगरी, युवा, श्रम तथा रोजगार मन्त्रीको समेत कार्यभार सम्हालेकी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ नं. ८१ पेस गर्ने कार्यसूची छ ।

मन्त्री गौरी कुमारीले नै अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं.२९ पनि पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।

ताजा अपडेट

नेपालवाच विशेष