NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ ३१ गते

सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं – नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेर २ लाख ९३ हजार २ सय रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। महासङ्घका अनुसार चाँदी प्रतितोला ५५ रुपैयाँले बढेर ४ हजार ८ सय ९५ रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला ४ हजार ८ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरू बताउँछन्।

ताजा अपडेट

नेपालवाच विशेष