NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार १ गते

एकैदिन तोलामा ५ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं । साताको कारोबारको दोश्रो दिन सोमबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ९३ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ५ हजार रुपैयाँले बढेर दुई लाख ९८ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १२० रुपैयाँले बढेर प्रतितोला ५०१५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ५५ हजार ६ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको ४२९९.५० कायम भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष