सुनचाँदीको मूल्यमा सामान्य गिरावट
काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँ र चाँदीको मूल्य १० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ९७ हजार ३०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार भने सुनको मूल्य २ लाख ९८ हजार ५०० रुपैयाँ र चाँदी ४ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य प्रति औँस ४ हजार ३४९ अमेरिकी डलर र चाँदी ७० अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ।
ताजा अपडेट
-
१० हजार ५ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?
-
शुक्लाफाँटामा कृष्णसारको संख्या तीन सयभन्दा बढी, व्यवस्थापन चुनौतीपूर्ण
-
कक्षा १२ मा नियमिततर्फ ६९.७५ प्रतिशत उत्तीर्ण, १ लाखभन्दा बढी विद्यार्थीमा ‘एनजी’
-
पहिरोले लमजुङ-मनाङ सडक अवरुद्ध, दर्जनौँ सवारीसाधन अलपत्र
-
मेक्सिको विश्वकप-२०२६ को नकआउट चरणमा प्रवेश


प्रतिक्रिया