रास्वपा सभापतिमा उम्मेदवारी दिन ५१ हजार, अरूमा कति?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न पदमा उम्मेदवारीका लागि शुल्क निर्धारण गरेको छ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगले सभापतिदेखि अरू पदाधिकारी र केन्द्रीय सदस्य पदमा उम्म्दवारी दिन शुल्क निर्धारण गरेको हो।
आयोगले सभापतिका लागि ५१ हजार शुल्क तोकेको छ। साथै एक जना प्रस्तावक र ५१ जना समर्थकको हस्ताक्षर पनि बुझाउनुपर्नेछ।
पार्टीका अन्य पदाधिकारीका लागि ४१ हजार रूपैयाँ शुल्क तोकिएको छ। १ जना प्रस्तावक र २१ जना समर्थकको हस्ताक्षर पनि बुझाउनुपर्नेछ।
केन्द्रीय सदस्यका लागि २१ हजार शुल्क तोकिएको छ भने १ जना प्रस्तावक र २१ जना समर्थकको पनि हस्ताक्षर बुझाउनुपर्नेछ।
आइतबारदेखि चितवनमा रास्वपाको महाधिवेशन सुरू हुँदैछ। महाधिवेशनबाट १९ जना पदाधिकारी र १५८ केन्द्रीय सदस्य चयन हुनेछन्। आइतबार भरतपुरको गेष्टहाउस चौरमा उद्घाटन सत्र हुनेछ भने बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुनेछ।
ताजा अपडेट
-
अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच
-
स्वीडेनमाथिको फराकिलो जितले डच टोली नकआउट चरणमा
-
रास्वपा सभापतिमा उम्मेदवारी दिन ५१ हजार, अरूमा कति?
-
जर्मनी विश्वकपको नकआउट चरणमा : तनावपूर्ण खेलको नायक बने डेनिज उन्दाभ
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता बालेनले उद्घाटन गर्ने


प्रतिक्रिया